पानी परेपछि पोखराका उडानहरु सुचारु

पानी परेपछि पोखराका उडानहरु सुचारु



पोखरा । कम भिजिविलीका कारण विगत ११ दिनदेखि निकै प्रभावित भएको पोखराका उडानहरु आज बिहानबाट सुचारु भएको छ ।

धूलो, धुँवाको कारण उडानका लागि आवश्यक भिजिविली नहुँदा उडानहरु अवरुद्ध हुँदै आएका थिए । हिजो राति पानी परेर मौसममा सुधार आएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको हो ।

दैनिक हराजौं यात्रुहरु आवतजावत हुने पर्यटकीय गन्तव्य पोखराको उडानहरु रद्द हुँदा विमानस्थलमा स्वदेशी तथा विदेशी यात्रुहरु अलपत्र परेका थिए ।