गण्डकीमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट २ जना मन्त्री बन्दै

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट २ जना मन्त्री बन्दै



पोखरा । गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै छन् । उनले एमालेको कोटाबाट २ जना मन्त्री थप्न लागेका हुन् ।

वेदबहादुर गुरुङ र सीता सुन्दासलाई दोहोर्‍याउन लागिएको एमाले स्रोतले जनाएको छ ।

गुरुङ उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बन्ने भएका छन् ।

उनीहरूको शपथ साढे ४ बजे हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।