गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ

गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेको कोटाबाट २ जना मन्त्री थप गरेका छन् ।

वेदबहादुर गुरुङ र सीता सुन्दासले सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिए । गुरुङ ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका छन् ।

योसँगै गण्डकीको मन्त्रिपरिषद् ५ सदस्यीय भएको छ । यसअघि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अर्थ मन्त्री बनेका थिए भने स्वतन्त्र सांसद दीपक मनाङे भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।