गण्डकी सरकारविरुद्ध कांग्रेस सर्वाेच्चमा

गण्डकी सरकारविरुद्ध कांग्रेस सर्वाेच्चमा



काठमाडौं । गण्डकी सरकारविरुद्ध नेपाली कांग्रेस सर्वाेच्च अदालत पुगेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर सर्वाेच्च अदालत पुगेको हो ।

गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेकाे प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गर्न आफूहरू सर्वाेच्च अदालतमा रहेको सांसदद्वय डिल्लीराम सुवेदी र द्रोणकुमार कुँवरले जानकारी दिए ।

संविधानको धारा १८८ (३) अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । यसविरुद्ध कांग्रेस अदालत पुगेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सभामा सभामुखले असंवैधानिक कार्य गरेको भन्दै घोर निन्दा र भर्त्सना गरेका थिए ।

कांग्रेसले सभामुखको सो कार्य संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र नेपालको संविधान माथि कै ठाडो प्रहार भएको जनाएको छ ।