सभामुखले बोलाएको शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

सभामुखले बोलाएको शीर्ष नेताको बैठक सिंहदरबारमा जारी



काठमाडौं । प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत प्रमुख दलका प्रमुख सचेतक र सचेतक सहभागी छन् ।

संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल थालेका हुन् ।

प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनमा सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै निरन्तर बैठक अवरोध गरेको थियो ।

सभामुख घिमिरेले आगामी अधिवेशनमा संसद बैठक विना अवरोध सञ्चालन गर्ने उद्देश्यले प्रमुख राजनीतिक दलका शीर्ष नेताको राखेका हुन् ।