कोशीको मुख्यमन्त्रीमा एमाले नेता हिक्मत कार्कीको दाबी पेश

कोशीको मुख्यमन्त्रीमा एमाले नेता हिक्मत कार्कीको दाबी पेश



विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले बुधबार राति संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए ।

मुख्यमन्त्रीलाई समर्थन गर्ने ५२ जना सांसदको आजै हस्ताक्षर सनाखत गर्ने तयारी छ । सनाखतपछि कार्कीले नियुक्ति पाउनेछन् ।

सरकार गठनको आह्वानविरुद्ध स्वत: कामचलाउ भएका मुख्मन्त्री केदार कार्की सर्वोच्च अदालत जाने तयारी गर्दै छन् ।