कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त



विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले आजै शपथ लिने बताइएको छ ।

यसअघि कोशीको नयाँ मुख्यमन्त्रीमा कार्कीले आजै बिहान ५२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेश गरेका थिए । उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका हुन् ।

खापुङले बुधबार नयाँ सरकार गठनका लागि शुक्रबारसम्मको समय दिएर आह्वान गरेका थिए । आजै प्रदेश प्रमुखको आह्वानविरुद्ध कांग्रेसका केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर समेत गरेका छन् ।

कार्कीले आफु संबिधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद छन् ।