मधेस सरकारबाट बाहिरिन एमाले र माओवादीलाई प्रधानमन्त्रीकाे निर्देशन

मधेस सरकारबाट बाहिरिन एमाले र माओवादीलाई प्रधानमन्त्रीकाे निर्देशन



जनकपुरधाम । एमाले र माओवादी केन्द्रलाई मधेस प्रदेश सरकारबाट बाहिरिन माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् ।

जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकारलाई गरेकाे समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने बताइएकाे छ ।

मधेसमा यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको तयारी भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहानै संसदीय दलका नेता भरत साहलाई सरकारबाट बाहिरिन तयार भएर बस्न निर्देशन दिएको एक नेताले जानकारी दिए ।

सरकारबाट बाहिरिने विषयमा माओवादी संसदीय दलका नेता साह र एमाले संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवबीच अहिले छलफल भइरहेको बताइएकाे छ ।

मधेसमा सरकार गठनका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ । अहिले विकास भइरहेको राजनीतिक घटनाक्रम अनुसार एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी र लोसपा मिलेर सरकार बनाउने सम्भावना छ ।

एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन् । उपेन्द्र यादवबाट फुटेको नयाँ जसपाबाट भने कति जना सांसद रहेको खुलेको छैन ।