कोसीमा सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

कोसीमा सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर



काठमाडौँ । कोसी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

मुख्यमन्त्री केदार कार्कीले बिहीबार रिट दायर गरेका छन् । रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गरिएको छ । कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश लगायत माग गर्दै रिट हालेकी हुन् ।

कोशी प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभामुख अम्बरबहादुर विष्ट, संकल्प प्रस्‍तावका प्रस्तावक रेवतीरमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाल र नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई विपक्षी बनाइएको छ ।

प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । उनले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै केदार कार्की काठमाडौं आइपुगेका हुन् ।