दुर्गा प्रसाईंका कार्यकर्ताले गरे झापाको २ बैंकमा तोडफोड

दुर्गा प्रसाईंका कार्यकर्ताले गरे झापाको २ बैंकमा तोडफोड


ग्लोब नेपाल
459
Shares

काठमाडौं । ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत झापाको बिर्तामोडमा आयोजित र्‍याली मा दुर्गा प्रसाईंका समर्थकले बिर्तामोडको दुई बैंकमा तोडफोड गरेका छन् ।

सोक्रममा ४ जनालाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जानकारी दिएको छ । आज उक्त अभियानको युवा संगठन ‘नागरिक युवा दस्ता’ ले र्‍याली निकालेको थियो ।

प्रहरीका अनुसार बिर्तामोड–५ को सिटी सेन्टरअगाडिबाट सुरू र्‍याली मुक्तिचोकतर्फ जाँदै गर्दा सोही समूहका १२–१५ जनाले ज्योती विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएकामा बिर्तामोड नगरपालिका ३ का मनकुमार तामाङ, वडा नम्बर ५ का ‘बुलेट’ भन्ने अन्जेश राई, बुद्वशान्ती गाउँपालिका ४ का दीपेश राई र बिर्तामोड ४ का पवन दुलाल रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु दुर्गा प्रसाईंका समर्थक नै रहेको खुलेको प्रहरीले जानकारी दिएको छ ।