कोशी प्रदेशसभाको अधिवेशन आह्वान

कोशी प्रदेशसभाको अधिवेशन आह्वान



विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

सरकारको सिफारिस अनुसार प्रदेश प्रमुखले २०८१ वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । मुख्यमन्त्री कार्कीले सोही दिन प्रदेशसभाबाट विश्वासको मत लिने तयारीसमेत गरेका छन् ।