प्रतिनिधिसभाको बैठक बस्न ढिलाई

प्रतिनिधिसभाको बैठक बस्न ढिलाई



काठमाडौँ । प्रतिनिधिसभाको बैठक समयमा सुरु हुन सकेको छैन । आज दिउँसो दुई बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नजुटेपछि बैठक अझै सुरु हुन नसकेको हाे । 

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा बैठक बस्न ढिला भएको बताइएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न दिने वा नदिने भन्ने सहमति दलहरूबिच नजुट्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सकेको छैन ।

अहिले सभामुख देवराज घिमिरेले विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेको बताइएको छ ।