नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु



धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ ।

आइतबार दिउँसो जिल्लाको कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको हो ।

गम्भीर घाइते अवस्थामा खड्काको उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

साँउदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । दुवै बालबालिकाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।