सन्दीपको मुद्दामा बहस जारी

सन्दीपको मुद्दामा बहस जारी



काठमाडौं । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अहिले बहस जारी छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासमा सुनुवाइ भइरहेकाे हाे ।

स्रोतका अनुसार सरकारी पक्षका दुई जना वकिलले र सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, मुरारी सापकोटा र शम्भु थापाले पनि बहस सिध्याएका छन् ।

अहिले सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र सविता भण्डारीले बहस गर्दैछन् । सन्दीप पक्षको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्ने त्यसपछि न्यायाधीशले फैसला सुनाउने बताइएको छ ।

आज बहस नसकिए मुद्दालाई हेर्दा हेर्दैमा राखेर भोलि यही इजलासमा सुनुवाइ हुनेछ ।