सरकारले पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने

सरकारले पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने



काठमाडौं ।‍ सरकारले पूर्वराजपरिवारको सम्पत्तिको खोजी गर्ने भएको छ ।

तत्कालीन राजा विरेन्द्रसहित राजपरिवारका नाममा भएको सम्पत्ति नेपाल ट्रस्ट मातहत राखिएको छ । अझै पनि राजपरिवारको सम्पत्ति ट्रस्ट मातहत आइनसकेको निष्कर्षसहित मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेका हुन् ।

“पूर्वराजपरिवारको सम्पत्ति खोजी गरी संरक्षण गरिनेछ,” नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यसैगरी सरकारले कर प्रणालीमा सुधार गर्दै राजस्व प्रशासनको दक्षता बढाइने घोषणा गरको छ । वित्तिय क्षेत्रलाई प्रतिस्पर्धी बनाइने बताउदै लघु्वित्त तथा सहकारीमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा प्राप्त सुझाव क्रमशः कार्यान्वयन गरिने बताइएकाे छ ।

त्यस्तै बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने सरकारले नीति लिएको छ ।

तीनै तहका सरकारबीच प्राकृतिक स्रोतको परिचालनका लागि एकीकृत कानुन तर्जुमा गरिने, निजी पुँजी आकर्षित गर्न थप कानुनी प्रबन्ध गरिने र आगामी आर्थिक वर्ष नेपालको कन्ट्री रेटिङ सम्पन्न गरिने सरकारले नीति लिएको छ ।

त्यसैगरी सरकारले आगामी आर्थिक वर्षमा गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनी प्रबन्ध गर्ने भएको छ ।