सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी-२० को फाइनलमा

सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी-२० को फाइनलमा



काठमाडौँ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १५८ रनको लक्ष्य पछ्याएको बागमतीले १६.१ ओभरमा अल आउट हुदै ४८ रन मात्र बनाएको थियो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा २ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

यो जितसँगै ४ खेलमा ६ अंक बटुलेर सुदूरपश्चिम अंक तालिकामा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको छ ।  पराजित बागमती प्रदेश ४ खेलमा २ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब सुदूरपश्चिमले उपाधिका लागि अब नेपाल एपिएफ क्लबसँग भिड्ने छ । फाइनल खेल शनिबार हुनेछ ।