कोशी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ



विराटनगर । कोशी प्रदेश सरकारमा थपिएका मन्त्री र राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । शुक्रबार नियुक्त पाँच मन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ ग्रहण गरेका हुन् । आजै दुई राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले एमालेबाट शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रीमा राम राना, सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, आन्तरिक मामिला तथा योजना मन्त्रीमा लिलावल्लभ अधिकारी नियुक्त भएका थिए ।

माओवादी केन्द्रबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा गणेश उप्रेती, स्वास्थ्य मन्त्रीमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायणबहादुर मगर मन्त्री बनेका छन् ।

माओवादी केन्द्रबाट वन्दना झागरले पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र एमालेबाट सिर्जना राई विनाविभागीय राज्य मन्त्री बनेकी छन् ।

प्रदेशमा ९ वटा मन्त्रालय छन् । एमाले र माओवादी केन्द्रले भागबन्डा गर्दा एउटा मन्त्रालय नेकपा एकीकृत समाजवादी पार्टीलाई छुट्याइएको छ ।

उप्रेती र मगर २७ वैशाखमा मुख्यमन्त्री कार्कीसँगै मन्त्री बनेका थिए ।