फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन : बालेन

फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन : बालेन



काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर नउठ्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले  भ्रष्टलाई समाउन नसकेको तर काठमाडौमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् ।

बालेनले चालकहरु रिहा नभएसम्म सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर नउठ्ने बताएका हुन् ।

बन्चरेडाँडामा फोहोर बोकेर जाने सवारीसाधनलाई अवरोध भएपछि काठमाडौंको कोटेश्वर क्षेत्रमा फोहोर बोकेका टिपर लगायतका गाडीहरू पार्किङ गरेर बसेपछि ट्राफिकले चालकलाई पक्राउ गरेको मेयर बालेनको सचिवालयले जानकारी दिएकाे छ ।

उनले भनेका छन्- 

भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन  सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन !