अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग

अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग



वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाको सांसदहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)लाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गिरफ्तारी आदेश जारी गरेमा प्रतिबन्ध लगाउने विचार गरिरहेको अमेरिकी सदनका अध्यक्ष माइक जोनसनले बताए ।

“ह्वाइट हाउस नेतृत्वको अनुपस्थितिमा काङ्ग्रेसले आइसिसीलाई यस्तो कदम चाले यसको नेतृत्वले परिणाम भोग्नुपर्ने सुनिश्चित गर्दै प्रतिबन्धसहित सबै सजायका विकल्पहरूको समीक्षा गरिरहेको छ”, अमेरिकी सदनका अध्यक्षले सोमबार एक विज्ञप्तिमा भने । “आइसिसीको इजरायल वा संयुक्त राज्य अमेरिकामा कुनै अधिकार छैन, र आजको आधारहीन र अवैध निर्णयले विश्वव्यापी निन्दाको सामना गर्नुपर्नेछ”, उनले थप भने ।

आइसिसीका प्रमुख अभियोजक करिम एए खानले मे २० मा गाजामा हमासविरुद्ध इजरायलको सात महिना पुरानो युद्धका क्रममा मानवता विरुद्ध अपराधको आरोपमा प्रधानमन्त्री नेतान्याहु र इजरायली रक्षामन्त्री योव गालान्ट साथै हमासका तीन शीर्ष नेता–याह्या सिनवर, मोहम्मद देइफ र इस्माइल हानियाह विरुद्ध गिरफ्तारी आदेश आवेदन दायर गर्ने घोषणा गरेका थिए । रिपब्लिकन सांसदहरूले सोमबार आइसिसीलाई प्रतिबन्ध लगाउन संयुक्त राज्यलाई आह्वान गरे ।

रिपब्लिकन सदन कन्फरेन्सकी अध्यक्ष एलिस स्टेफानिकले न्युयोर्क पोस्टलाई भने, “आइसिसी एउटा अवैध अदालत हो जसले कट्टरपन्थी आतङ्कवादी समूहसँग आफ्नो अस्तित्वको अधिकारको रक्षा गर्ने शान्तिपूर्ण राष्ट्रलाई फसाउने गर्दछ” । घोषणा पश्चात स्टेफानिकले सोमबार बिहान नेतान्याहुसँग भेट गरेका थिए ।

सदनका अल्पसङ्ख्यक नेता हाकिम जेफ्रीजले एक विज्ञप्तिमा आइसिसीको आदेशलाई “लाजमर्दो र अनुचित” भनेका छन् ।

राज्य सचिव एन्टोनी ब्लिन्केनले इजरायल र हमास बीचको आइसिसी अभियोजक समानतालाई मौलिकरूपमा अस्वीकार गर्ने र यो घोषणाले बन्धक सम्झौता र युद्धविरामको वार्तासमेतलाई जोखिममा पार्न सक्नेमा जोड दिए । उनले संयुक्त राज्य अमेरिका वर्तमान द्वन्द्वभन्दा पहिले नै आइसिसीको यस मामिलामा कुनै क्षेत्राधिकार नभएकोमा स्पष्ट रहेको बताए । ब्लिन्केनले भने, “आइसिसी अभियोजक आफैँ अर्को हप्ता इजरायलको भ्रमण गर्ने र इजरायली सरकारबाट अनुसन्धानबारे छलफल गर्ने कार्यक्रम तय गरिएको थियो ।”

घोषणाप्रति आफ्नो प्रतिक्रियामा, इजरायली प्रधानमन्त्री नेतान्याहूले भने, “हेगमा अभियोजकले दिएको बेतुक र झुटो आदेश इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीका विरुद्ध मात्र नभई सम्पूर्ण इजरायल राज्यको विरुद्धमा निर्देशित छ । “यो आईडीएफका सैनिक विरुद्ध निर्देशित छ, जो हमासविरुद्ध वीरताका साथ लडिरहेका छन्”, टाइम्स अफ इजरायलमा रिपोर्ट गरिएको भिडियो बयानमा उनले भने ।