सर्वोच्चलेद्वारा केदार कार्कीको नियुक्ति र विश्वासको मतसम्बन्धी सक्कल कागज झिकाउन आदेश

सर्वोच्चलेद्वारा केदार कार्कीको नियुक्ति र विश्वासको मतसम्बन्धी सक्कल कागज झिकाउन आदेश



विराटनगर । सर्वोच्च अदालतले कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नियुक्ति र विश्वासको मत लिँदाको सक्कल फाइल मगाएको छ ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजालसले ती दुई कागजको सक्कल फाइल महान्याधिवक्ताको कार्यालय मार्फत यथाशीघ्र झिकाउन आदेश दिएको हाे ।

मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्ति खारेजी र आफ्नो पुनर्वहालीको माग लिएर सर्वोच्च गएका कार्कीको रिटमा आज सुनुवाइ गर्दै थप कागज मगाएकाे हाे ।

इजालसले उत्प्रेषण आदेश दिँदै असोज २५ गते ४७ जना सांसदहरूको समर्थनपश्चात नियुक्तिसम्बन्धी फाइल र नियुक्तिपश्चात कात्तिक १ गते ८६ जना सांसदबाट प्राप्त विश्वासको मतसम्बन्धी फाइल सक्कल मगाएको छ ।