कर्णाली प्रदेश : मन्त्री शाहद्वारा सपथ ग्रहण

कर्णाली प्रदेश : मन्त्री शाहद्वारा सपथ ग्रहण



सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

आज प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन् । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री पदमा नियुक्त भए पनि शाहले पद तथा गोपनीयताको सपथ लिएका थिएनन् । उनले गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए ।