ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न- सत्तामा गएपछि कुरा किन बदलियो ?

ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न- सत्तामा गएपछि कुरा किन बदलियो ?



काठमाडौँ । राप्रपका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले सत्तामा गएपछि नेताहरु बदलिएको टिप्पणी गरेका छन् ।

बैठकको सुरुमा आकस्मिक समयमा बाेल्दै उनले प्रतिपक्षमा हुदा गृहमन्त्री रवि लामिछानेले नाम आएकाहरुको छानबिन गर्न सरकार किन डराएको भन्दै प्रश्न गरेको तर सत्तामा गएपछि बिर्सेको आरोप लगाएका छन् ।

उनले गृहमन्त्रीलाई डराएको हो ? खुट्टा कमाएको हो भन्दै प्रश्न गरेका थिए । उनले राप्रपा सांसद गीता बस्नेतलाई उस्तै प्रकृतिमा पक्राउ पुर्जी जारी गरिएको तर गोरखा मिडियामा संलग्न रहेका गृहमन्त्रीमाथि छानबिन पनि हुन नसक्ने भन्दै प्रश्न गरे ।

उनले गृहमन्त्रीलाई सहकारी ठगी प्रकरणमा छानबिन गर्न दिन आग्रह गरेका छन् ।

कांग्रेसलगायत प्रतिपक्षी दलहरुले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग गर्दैै संसद् अवरुद्ध गरिरहेका छन् ।

त्यसपछि सभामुखले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०–०८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा २०८१ पेश गर्न समय दिएपछि कांग्रेसले नारावाजी गर्दैै वेल घेराउ गरेको हो । नाराबाजीका बीच अर्थमन्त्रीले रोष्टममा पुगेका थिए ।