नाराबाजीका बीच अर्थमन्त्री पुनले पेश गरे आर्थिक सर्वेक्षण 

नाराबाजीका बीच अर्थमन्त्री पुनले पेश गरे आर्थिक सर्वेक्षण 



काठमाडौँ । प्रतिनिधि सभामा अर्थमन्त्री बर्षामान पुनले आर्थिक सर्वेक्षण र सार्बजनिक संस्थानको बार्षिक स्थितिको समिक्षा प्रतिवेदन २०८१ पेश गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।

उनलाई कांग्रेसका संसदले रोष्टममा जान अवरोध गरेपछि सत्तापक्षका सांसदहरु र मर्यादापालकको सहयोगमा रोष्टममा पुगेका थिए ।

सर्भेक्षणमा उनले गत आवको पूरा अवधि र चालु आवको ८ महिनासम्मको संघ प्रदेश र स्थानीय तहको क्षेत्रगत विकास र सुशासनको अवस्था विश्लेषण गरेका हुन् । उनले समग्र आर्थिक अवस्था सुधार भइरहेको दाबी गरेका छन् ।