बूढानीलकण्ठको बैठकमा माधव नेपाल पनि सहभागी

बूढानीलकण्ठको बैठकमा माधव नेपाल पनि सहभागी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएकाे बैठकमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी भएका छन् ।

सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा समसामयिक राजनीतिका साथै मधेश प्रदेशको सरकारबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

देउवा निवासको बैठकमा माधव नेपालका साथै एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी छन् ।

मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा एक ठाउँमा आउँदा मधेसमा सरकार बन्ने देखिन्छ ।