धनगढी । सुदूरपश्चिमकाे राजधानी धनगढीकाे तापक्रम बिहीबार ४४.१ डिग्री सेल्सियस पुगेकाे छ ।
माैसम तथा विज्ञान विभाग अन्तर्गतकाे महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएकाे रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।
कार्यालयका माैसम विज्ञान सहायक सिंगल चाैधरीले दिउँसो मापन गरेकाे रेकर्ड अनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसकाे रेकर्ड बिहीबार नै तोडिएको बताए ।
बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको माैसम तथा विज्ञान विभागले जनाएकाे छ ।
प्रतिक्रिया