बजेटसम्बन्धि छलफलमा अर्थमन्त्री अनुपस्थित

बजेटसम्बन्धि छलफलमा अर्थमन्त्री अनुपस्थित



काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

संसदमा बजेटसम्बन्धि छलफल जारी रहेका बेला अर्थमन्त्री बर्षमान पुन उपस्थित नभएको बताउदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्रीको उपस्थितिको माग गरेपछि सभामुखले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।

बजेट सम्बन्धि छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको बताउदै राप्रपा अध्यक्ष लिङदेन सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुखले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा रहेकाले केहि समयमा आउने भन्दै १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।