चितवन । आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच आज राति हुने खेल भरतपुर महानगरपालिकाले निःशुल्क देखाउने भएकाे छ ।
नेपाल र नेदरल्याण्डसबीचकाे खेल १० बाई २८ फिटको डिसप्लेमा देखाउन लागेकाे महानगरले जनाएकाे छ । नेपाल र नेदरल्यान्ड्सबीचकाे खेल राति सवा ९ बजे अमेरिकाकाे डालासमा शुरु हुनेछ । याे खेलकाे प्रत्यक्ष प्रसारण भरतपुरको गेस्ट हाउस चौरमा देखाउन लागेको महानगरकी मेयर रेनु दाहालले जानकारी दिइन् ।
क्रिकेटप्रेमी दर्शकलाई सहज तरिकाबाट खेल देखाउन सकियोस् भन्ने उद्देश्यले ठूलो डिसप्लेको व्यवस्था गरिएको महानगरले जनाएको छ । यसअघि काठमाडौं महानगरले पनि नेपाल र नेदरल्यान्ड्सबीचकाे खेलकाे तीन वटा ठाउँमा प्रत्यक्ष प्रसारण देखाउने भएकाे छ । यस्तै पाेखरा महानगरले पनि पृथ्वी चाेकमा नेपाल र नेदरल्याण्डसबीचकाे खेलकाे प्रत्यक्ष प्रसारण देखाउने भएकाे छ ।
प्रतिक्रिया