मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी

मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी



जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । मंगलबार मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका दुई जना मन्त्रीहरूले राजीनामा पत्र बुझाएका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिएका छन् ।

जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको एकीकृत समाजवादीका एक नेताले बताए ।

यसअघि मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा (एमाले), माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरेका थिए ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक पर्छ । एमालेका सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् ।