बजेटमा विश्वसनीयता भएन : गगन थापा

बजेटमा विश्वसनीयता भएन : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको विश्वसनीयता नभएको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफलमा भाग लिदै महामन्त्री थापाले बजेटमा विश्वसनीयता नभएको भन्दै अर्थमन्त्रीसँग प्रश्न गरेका छन् ।

महामन्त्री थापाले जे लेखेपनि सत्ता पक्षले ताली बजाउने भएकाले बजेट हावादारी हुदै गएको टिप्पणी गर्दै हाम्रो संरचना नै खराब भएको टिप्पणी गरेका छन् ।

उनले बजेटमा लिइएको लक्ष्य पुरा हुन नसक्ने बताउदै प्रशासनिक सुधार गरेको आधारमा राजश्व कसरी बढ्छ भन्दै प्रश्न गरेका छन् । उनले बैदेशिक सहायता ५२ अर्ब आउछ भनेर बजेटमा उल्लेख गरिएको तर गत बर्ष ५० अर्ब आउछ भनिएकोमा ३ अर्ब आएको उल्लेख गर्दै उनले ५२ अर्ब कसरी ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

सत्ता गठबन्धनको ठूलो दल नेकपा एमालेले स्वामित्व नलिने संकेत देखाएको बताए ।

‘यो गठबन्धनको मुख्य घटक नेकपा एमालेका जर्साबहरु, कर्साबहरुले यहाँ आएर के भन्नुभयो भन्ने बारेमा मेरो केही टिप्पणी छैन । तर यसको प्रधानसेनापतिले नै यो बजेट हाम्रो होइन । यो बजेटसँग हाम्रो रङ मिल्दैन भनिसकेपछाडि यसको स्वामित्व कसले कसरी लिन्छ भन्ने बारेमा धेरै अलमल रहेन’, उनले भने ।