जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएकाे छ ।
कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिए ।
मुख्यमन्त्री यादवले बुधबार प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।
सत्ताबाट बाहिरिने निश्चित भएपछि उनले विश्वासको कार्यसूची सार्न सभामुखलाई आग्रह गरेका थिए । तर, सभामुख रामचन्द्र मण्डलले उनको आग्रह अस्वीकार गरेर बैठक बोलाए ।
१०७ सदस्यीय मधेश प्रदेशमा एमालेका सभामुख सहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका ७ सांसद छन् भने संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद छन् ।
मधेश प्रदेश सभामा मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिन ५४ सांसदको समर्थन जुटाउनुपर्छ ।
प्रतिक्रिया