सफा हिमाल अभियान : ११ टन फाेहाेर संकलन

सफा हिमाल अभियान : ११ टन फाेहाेर संकलन



काठमाडौँ । सफा हिमाल अभियान–२०२४ अन्तर्गत नेपाली सेनाले ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन गरेको छ ।

बुधवार काठमाडौँमा अभियान समापन समारोहको आयोजना गर्दै सेनाले यसबारेमा जानकारी दिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले ५५ दिनसम्म सञ्चालित अभियानमा कति मात्रामा फोहोर संकलन भयो भन्ने कुराले मात्र अभियानको महत्त्व उजागर गर्न नसक्ने बताए ।

प्रधानसेनापति शर्माले झन्डै एक लाख फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको बताए । प्राकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा बिरलै देशमा मात्रै हुने गरेको उनको भनाइ छ । प्रधानपति शर्माले सफाइ अभियान सञ्चलन गर्नु जटिल, चुनौतीपूर्ण र साहसिक कार्य भएको बताए ।

नेपाली सेनाले चैत २९ गतेदेखि अभियानको शुरुआत गरेको थियो ।