६९ लाख नेरुसहित ४ चिनियाँं पक्राउ

६९ लाख नेरुसहित ४ चिनियाँं पक्राउ


ग्लोब नेपाल
54
Shares

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुरबाट बुधबार प्रहरीले चारजना चिनियाँं नागरिक पक्राउ परेका छन् । भातेढुकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा. ७० प. २८७२ नं. को ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

स्रोत नखुलेको ६९ लाख पाँंच हजार नेपाली रुपैयाँं नियन्त्रणमा लिई उनीहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । थप कारवाहीका लागि उनीहरुलाई आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाइएको परिसरका सूचना अधिकृत राजन कार्कीले जनाए ।

पक्राउ पर्नेहरुमा चिनियाँं नागरिक भई काठमाडौ बस्ने वर्ष ३२ को छयाग युन, वर्ष ५० को छिग छियालिग, वर्ष २४ को क्यो हावरण र वर्ष ३६ को डेना लाइयू रहेको प्रहरीले जनाएको छ ।