जनमतका सिंहलाई मधेशमा मुख्यमन्त्री बनाउन दाबी पेश गरिँदै 

जनमतका सिंहलाई मधेशमा मुख्यमन्त्री बनाउन दाबी पेश गरिँदै 


ग्लोब नेपाल
216
Shares

जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीका नेतृत्वमा सरकार बनाउन आज दाबी पेश गर्ने तयारी भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी छन्।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् । जनमतले सतिशकुमार सिंहलाई मुख्यमन्त्रीको रुपमा अगाडी सारेको छ । 

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा सिंहले आजै सरकारमा दाबी पेश गर्ने तयारी गरेका छन् । यसअघि जनमत संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भए पनि जनमतले सिंहलाई अगाडी सारेको छ ।

मधेसमा जनमत पार्टीको १३, एमालेको २४, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी गरेको छ ।

सिंह सप्तरीको निर्वाचन क्षेत्र २ को १ बाट निर्वाचित भएका हुन् ।