एमाले रूपन्देहीको अध्यक्षमा गैरे सर्वसम्मत

एमाले रूपन्देहीको अध्यक्षमा गैरे सर्वसम्मत


ग्लोब नेपाल
54
Shares

भैरहवा । एमाले रूपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत निर्वाचित भएका छन् । निवर्तमान कार्यसमितीका सचिव गैरेलाई समर्थन गर्दै अन्य उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध अध्यक्ष निर्वाचित भएका एमाले रुपन्देहीका एक नेताले जानकारी दिएका छन ।

बुधबार सुरू भएको नेकपा एमाले रूपन्देहीको १० औं जिल्ला अधिवेशनमा नेतृत्वका लागि निवर्तमान अध्यक्ष तेजेन्द्र केसी सँगै उपसचिव चित्र बहादुर कार्की र हितराज पन्थीले प्रतिस्पर्धा गर्न खोजेका थिए ।

अन्तिम समयमा आएर केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए भने हितराज पन्थी उपाध्यक्ष र चित्र बहादुर कार्कीले सचिवको जिम्मेवारी लिन सहमत भएपछि नेतृत्व सर्वसम्मत भएको हो ।

त्यसैगरी उपसचिवमा बावुराम पन्थी र सुनिता ठटेर निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बिहानैदेखि सुरू भएको बन्द सत्रमा ८५७ जना प्रतिनिधि र पर्यवेक्षक गरी १ हजारभन्दा बढी सहभागी रहेका थिए ।