एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली

एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानबाट मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

पाँच सय ९२ मतमध्ये उनले तीन सय ४५ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासीद्वय बुद्धिबहादुर प्रधानले दुई सय ३७ र माधवप्रसाद तिवारीले दश मत प्राप्त गरेका छन्।

प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित भएका छन्।