मधेसमा जनमतबाट दुईजना मन्त्री नियुक्त

मधेसमा जनमतबाट दुईजना मन्त्री नियुक्त



जनकपुरधाम । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीको भागमा परेका दुई मन्त्रालायमा मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सिराहा ४ (१) बाट निर्वाचित त्रिभुवन साह र सप्तरी १ (१) बाट निर्वाचित सकिल मियाँलाई उनले मन्त्री नियुक्त गरेका हुन् ।

साहलाई वन तथा वातावरण मन्त्री बनाइएको छ । मियालाई भने जिम्मेवारी तोकिएको छैन । उनलाई जनमतको भागमा पर्ने अर्को मन्त्रालयको जिम्मेवारी दिइनेछ । अहिले नवनियुक्त दुवै मन्त्रीको शपथको तयारी भइहेको छ ।

यसअघि बिनाविभागीय मन्त्री बनाइएकी रञ्जु मण्डल खंगलाई वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।