मुख्यमन्त्री पाण्डेलाई राप्रपाले विश्वासको मत दिने

मुख्यमन्त्री पाण्डेलाई राप्रपाले विश्वासको मत दिने



पोखरा । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री पाण्डेले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा बोल्दै राप्रपा गण्डकीका सांसदीय दलका नेता पन्चराम गुरुङले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिने बताएका हुन् ।

‘केन्द्रको प्रभाव प्रदेशमा पर्न नसकोस् र पर्ने छैन भन्ने तथ्य साबित गर्नको निम्ति पनि अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्र सरकारको समर्थनमा होइन कि केन्द्र सरकारको विपक्षमा अर्थात् अहिलेको मुख्यमन्त्रीलाई समर्थन गर्नका लागि म र मेरो दल यहाँ उपस्थित भएको छु’, उनले भने ।

संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताका हैसियतले जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले आज संसद्‌मा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।