टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित

टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित



काठमाडौं । टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । मंगलबार राति समूह ए अन्तरगतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।

जितका लागि पाएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । पाकिस्तानका लागि मोहम्मद रिजवान र कप्तान बाबर अजमले दोस्रो विकेटका लागि ६२ बलमा ६३ रन जोडेर अर्धशतकीय साझेदारी गरे ।

कप्तान बाबरले ३३ बलमा ३३ रन बनाए । रिजवानले टोलीका लागि सर्वाधिक ५३ रन बनाए ।

यसअघि एरोन जोनसनको अर्धशतकको मद्दतले क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो ।

लो स्कोरिङ खेलहरु भइरहेको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जोनसनले शानदार ब्याटिङ गर्दै ४४ बलमा ५२ रन जोडे । कलिम सानाले १४ बलमा १३ रन बनाए । कप्तान साद बिन जाफरले २१ बलमा १० रनको योगदान दिए ।

पाकिस्तानका लागि ह्यारिस राउफ र मोहम्मद आमिरले २–२ विकेट लिए । शाहिन शाह अफ्रिदी र नसिम शाहले १–१ विकेट हात पारे ।