सरकार र आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकबीच वार्ता सुरु

सरकार र आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकबीच वार्ता सुरु


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । आन्दोलनमा उत्रिएका पेट्रोलियम ट्यांकर चालकसँग सरकारले छलफल सुरु गरेको छ । आज बिहान साढे ९ बजेलाई बोलाइएको बैठक केहि समय ढिला गरी सुरु भएको छ ।

हिजो आइतबारदेखि आन्दोलनमा उत्रिएका चालकसँग आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता सुरु भएको हो । पेट्रोलियम ट्यांकर चालक संघको नेतृत्वमा भएको आन्दोलनका कारण काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ (डिजेल–पेट्रोल) को ढुवानी ठप्प छ ।

यस्ता छन् पेट्रोलियम ट्यांकर चालकका माग

  • सम्पूर्ण ट्यांकर चालकरसहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके बमोजिमको तलबको व्यवस्था गरिनुपर्ने
  • स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने
  • टेम्प्रेचरको सही व्यवस्थापन गरिनुपर्ने
  • सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था गरिनुपर्ने
  • चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता सम्बन्धित तालिमको व्यवस्थापन गरिनुपर्ने
  • ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने
  • चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनुपर्ने