ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गर्नुभएको हो: प्रधानमन्त्री दाहाल

ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गर्नुभएको हो: प्रधानमन्त्री दाहाल


ग्लोब नेपाल
297
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको साच्चै विरोध नगरेको बताएका छन्। भरतपुर विमानस्थलमा सोमबार (आज) पत्रकारहरूको जिज्ञासामा उनले यस्तो बताएका हुन्।

विमानस्थलमा पत्रकारहरूले अध्यक्ष ओलीले सरकारप्रति विरोध जनाएकोबारे सोधेका थिए। पत्रकारहरूले प्रधानमन्त्री ‘प्रचण्ड’लाई उथलपुथल गर्ने बेला भएको त छैन भनेर पनि सोधेका थिए। जवाफमा प्रधानमन्त्री ‘प्रचण्ड’ले अध्यक्ष ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गरेको बताएका थिए।

‘विरोध जस्तो मात्रै गर्नुभएको छ। साँच्चै गर्नुभएको छैन। उथलपुथल गर्ने बेला भएको छैन। यो जान्छ। राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा आउने र्‍युमर (अफवाह)हरूमा सत्यता छैन,’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने।