सत्तारुढ प्रमुख ३ दलले टुङ्ग्याए राजदूतमा भागबण्डा

सत्तारुढ प्रमुख ३ दलले टुङ्ग्याए राजदूतमा भागबण्डा


ग्लोब नेपाल
486
Shares

काठमाडौँ । सत्तारुढ प्रमुख तीन दलले राजदूतको भागबण्डा टुङ्गो लगाएका छन् ।

हिजो बिहीबार साँझ सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबण्डा टुङ्ग्याएको हो ।

२४ जेठमा मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।

तीन नेताबीचको छलफलमा एमालेले आठ देशको राजदूत पाउने समझदारी भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने बताइएको छ । राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरू फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र दिइएको जनाइएको छ ।

बैठकमा सहमतिबाट बजेट पास गर्ने, शीर्ष नेताबीच उत्पन्न भएका मनोमालिन्य छलफल गरेर टुङ्ग्याउने, गठबन्धन अझै कसिलो बनाउँदै जानेबारे छलफल भएको छ ।