रास्वपाको चियापान कार्यक्रममा प्रधानमन्त्रीसहित शीर्ष नेताहरू सहभागी

रास्वपाको चियापान कार्यक्रममा प्रधानमन्त्रीसहित शीर्ष नेताहरू सहभागी



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसको अवसरमा गरेको चियापान कार्यक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेता कार्यकर्ता, मन्त्री, र नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरूले सहभागिता जनाए ।

चियापान समारोहमा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत अन्य मन्त्रीहरू सहभागी भए ।

रास्वपाले वनस्थलीमा रहेको केन्द्रीय पार्टी कार्यालयमा दोस्रो वार्षिकोत्सवको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको हो ।

चियापानकै अवसरमा रास्वपाले नेपाली उत्पादनका विभिन्न स्टलहरु राखेको थियो ।