‘प्रचण्ड’ सरकार आफैँ ढल्छ : डा. शेखर कोइराला

‘प्रचण्ड’ सरकार आफैँ ढल्छ : डा. शेखर कोइराला


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार आफैँ ढल्ने दाबी गरेका छन् ।

शनिबार विराटनगरमा नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले नेपाली काँग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने बरु वर्तमान सरकार आफैँ ढल्ने दाबी गरेका हुन् ।

उनले राजनैतिक अस्थिरता संघीय सरकारमा मात्रै नभई सात वटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको बताए ।

‘राजनीतिलाई अपराधीकरण गर्ने कार्य भइरहेकोप्रति सबै सचेत हुनुपर्छ’, नेता कोइरालाले भने, ‘राजनीतिज्ञ, व्युरोक्रेट र व्यवसायीहरू मिलेर मुलुकको ऐन-कानून र नियमलाई खिल्ली उडाउने कार्य भइरहेको छ । राजनीतिमा अपराधीकरण बढ्दा मुलुकको अस्तित्व नै संकटमा पर्न सक्छ ।’

कार्यक्रममा नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तारलगायतका नेताहरुले पार्टीभित्र रहेको गुट उपगुटका कारण भ्रातृ संस्थाहरूको निर्वाचन हुन नसकेको गुनासो गरे ।