माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभा बैठक अघि १०ः३० मा भवन बानेश्वरमा बैठक बस्ने भएको हो ।

बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । पार्टीले आफ्ना सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्विप लगाउने सम्भावना छ ।