कोशी प्रदेशको मुद्दामा आज के होला ?

कोशी प्रदेशको मुद्दामा आज के होला ?


ग्लोब नेपाल
135
Shares

काठमाडौं। कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दर्ता गरेको रिटमा आज बहस तोकिएको छ । जेठ ३१ मा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा बहस भएको थियो । कार्कीका तर्फबाट बहस बाँकी भएकाले हेर्दा हेर्दै राखेर अर्को पेशी असार ९ गते तोकिएको थियो।

निवेदकको तर्फबाट अधिवक्ता अपूर्व खतिवडा, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, अधिवक्ता ललितबहादुर बस्नेत, वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता विकास भट्टराईलगायतले बहस गरेका छन् भने आज थप बहस हुनेछ ।