जीबी राईलाई नेपाल ल्याउन प्रयासरत छौं : गृहमन्त्री लामिछाने

जीबी राईलाई नेपाल ल्याउन प्रयासरत छौं : गृहमन्त्री लामिछाने



काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई ल्याउन नेपाल र मलेसिया कानुनी परामर्शमा रहेको बताएका छन् ।

गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको बैठकमा जीबी राई पक्राउ गर्न सरकार प्रयत्नशिल रहेको बताउदै जीबी राईलाई नेपाल ल्याउन कानुनी कठिनाइ भैरहेको बताएका छन् ।

उनले जीबी राई पक्राउको विषयमा आफु पनि व्यग्रप्रतिक्षामा रहेको बताउदै छिटै उनलाई नेपाल ल्याइने बताएका हुन् । उनले अदालत र राहदानी विभागले जीबी राईको राहदानी रोक्का गर्न अस्वीकार गरेको संसदमा बताएका थिए ।