ईपीजी प्रतिवेदन समझदारीबाटै बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री

ईपीजी प्रतिवेदन समझदारीबाटै बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा बजेटमाथि परराष्ट्र मन्त्रालयको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै उनले आफ्नो भारत भ्रमणमा पनि उक्त विषयमा समझदारीका लागि पहल गरेको बताए । प्रधानन्त्री प्रचण्डले नेपाल–भारत सम्बन्ध र सन्धिलाई राष्ट्रिय सहमतिको आधारमा अगाडि बढाइने जानकारी दिए ।