आदिवासी जनजाति महासंघकाे अध्यक्षमा ओम घर्तीमगर सर्वसम्मत

आदिवासी जनजाति महासंघकाे अध्यक्षमा ओम घर्तीमगर सर्वसम्मत



काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसम्मत चयन भएका छन् ।

महासंघकाे प्रथम राष्ट्रिय महाधिवेशन घर्तीमगर अध्यक्षमा दोहोरिएका हुन् । पार्टीका सहमहामन्त्री भिष्मराज आङ्दम्बेको नेतृत्वमा बनेको तीन सदस्यीय समन्वय समितिले घर्तीमगरकाे नाममा सहमति जुटाएको हो । नेपाल मगर संघका अध्यक्ष दिनेश थापामगरले अध्यक्षमा घर्तीमगरकाे नाम प्रस्ताव गरेपछि सहमहामन्त्री आङ्दम्बे अनुमोदन गरेका हुन् ।

अध्यक्षमा घर्तीमगर सर्वसम्मत भएपछि बाँकी पदहरूमा सहमतिको प्रयास भइरहेको छ । उपाध्यक्ष रामजी कंग्रिन र एक जना गुरुङ समुदायबाट चयन हुने सम्भावना छ । महामन्त्रीमा तीर्थ लामा र जगत बरामको नाम चर्चामा छ । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा करिब १३ सय मतदाता रहेका छन् ।