रास्वपाबाट राजदूत बन्न १०० जनाको आवेदन

रास्वपाबाट राजदूत बन्न १०० जनाको आवेदन


ग्लोब नेपाल
378
Shares

काठमाडौं । रवि लामिछने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा परेको दुई जना राजदूतका लागि बुधबारसम्म करिब १०० जनाको आवेदन परेको छ ।

आवेदन बुझाउनका लागि पार्टीले शुक्रबारसम्मको समय दिएको छ । पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको थियो ।

सोही मापदण्डका आधारमा गत असार १० गते सार्वजनिक सूचना जारी गर्दै राजदूतका लागि रास्वपाले आवेदन खुलाएको थियो । संयोजक खनालले भने, ‘हालसम्म करिब १०० जनाको आवेदन आएको छ । शुक्रबारसम्म समय रहेकाले यो सङ्ख्या अझ बढ्न सक्छ, ‘त्यसैले शुक्रबारपछि मात्र आवेदनको छनोट प्रक्रिया अघि बढ्छ ।’

खनालले आवेदनको सूचीबाट अन्तिम उम्मेदवार यसअघिकै तीन सदस्य समितिले छनोट गर्ने कि नयाँ समितिले गर्ने भन्ने विषय पनि टुङ्गो नलगाकेको उनले जानकारी दिएका छन । यसबारे पनि शुक्रबार मात्र निर्णय गरिने उनले जानकारी दिएका छन । उनले भने, ‘धेरै जनाको उम्मेदवारी परेको छ । त्यसैले छनोट प्रक्रिया लामो हुनसक्छ,’ ।

गत असार ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबिच राजदूतमा भागबन्डा भएको थियो । सो अनुसार एमालेबाट ५, अशोक राई नेतृत्वको जसपाबाट २, रास्वपाबाट २ र माओवादीबाट १ जना राजदूत बन्ने सहमति भएको थियो ।