एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस



काठमाडौं । एनएमबि बैंकले एमएसएमई (Micro, Small, and Medium EnterprisesMSME) दिवस मनाएको छ । अन्तराष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो ।

कार्यक्रममा बैंकका बिभिन्न शाखाहरुका ८०० भन्दा बढि ग्राहकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएसएमईका ग्राहहरुलाई लेखा, बित्त, मार्केटिङ्ग, डिजिटलाईजेशन जस्ता बिषयहरुको जानकारी दिँदै यसबाट अधिकतम फाईदा लिएर ब्यवसाय अभिबृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो । यस कार्यक्रमा उपस्थित ग्राहकहरु बिच एक आपसमा सम्बन्ध जोड्न र उनिहरुको ब्यवसाय प्रवर्दन गर्नको लागि बैंकले सहजिकरण गर्दै ग्राहकहरुलाई उनिहरुको ब्यवसायमा आईपरेको बिभिन्न समस्याहरु समाधान गर्नको लागि सुझाव दिईएको थियो भने उपस्थित केहि ग्राहकहरुले आफ्नो सफलतका कथाहरु समेत सुनाएका थिए ।

एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आईरहेको बैंकले, एमएसएमई दिवस बिगत ३ बर्षदेखि मनाउंदै आईरहेको छ । यस्ता कार्यक्रमा उपस्थित ग्राहकहरुले प्रतिस्पर्धात्मक बजारमा आफुलाई शसक्त बनाएर आफ्नो ब्यापार ब्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको छ ।

एनएमबि बैंक विगत २८ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।